७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

न्याय सेवा आयोग बैठक: को कहाँ, सरुवा बढुवा ?

न्याय सेवाकाे वैठकले सर्वोच्च अदालतका लागि मुख्य रजिष्ट्रार, रजिष्ट्रार, न्याय परिषद्का सचिवलगायतमा पदस्थापन गरेको छ।

न्याय सेवा आयोगको आज बसेको बैठकले न्याय परिषदका सचिव देवेन्द्रराज ढकाललाई सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार पदस्थापन गरेको हो।

त्यसैगरी सर्वोच्च अदालतका सहरजिष्ट्रार बिमल पौडेललाई रजिष्टारमा बढुवा गरिएको छ। यस अघि सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार र रजिष्ट्रारलाई न्यायाधीशमा नियुक्ति गरेपछि दुई पद रिक्त रहेको थियो।

प्रधानन्यायाधीश एवं न्याय सेवा आयोगका अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले न्याय समुह राजपत्रांकित प्रथम श्रेणीका लागि सरुवा गरेको हो। सर्वोच्च अदालतका सहरजिष्ट्रार भद्रकाली पोखरेललाई न्याय परिषद सचिवालयको सचिवमा सरुवा गरिएको छ। त्यसैगरी न्याय परिषदका सहसचिव मानबहादुर कार्कीलाई उच्च अदालत पाटनमा रजिष्ट्रारमा सरुवा गरिएको छ।

आयोगको बैठकले उच्च अदालत पाटनका ठगीन्द्र कट्टेललाई सर्वोच्च अदालतको सहरजिष्ट्रारमा सरुवा गरिएको छ। त्यसैगरी, फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक वेदप्रसाद उप्रेतिलाई सर्वोच्च अदालतमा, उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका रजिष्ट्रार सूर्यवंश शर्मा कँडेललाई फैसला कार्यान्वयन निर्देशनालयमा पठाइएको छ।

प्रकाशित: १८ पुस २०८० ०७:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App