२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चालिस हजार गाँजाका बिरुवा नष्ट

फाइल तस्वीर

महोत्तरीको एकडारा गाउँपालिका ५ स्थित बहेडा गाउँमा लुकाइछिपाई रोपिएका ४० हजार गाँजाका बिरुवा प्रहरीले नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट बिहीबार खटिएको टोलीले करिब चार बिघा क्षेत्रफलमा लगाइएका ती बिरुवा फडानी गरेको हो। कार्यालयका प्रहरी उपरीक्षक प्रकाश मल्लले बहेडाको वनमा लुकाइछिपाइ गाँजा खेती गरिएको भन्ने सूचनाका आधारमा २५ जनाको प्रहरी टोली खटिएर गाँजा उखेलेर नष्ट गरेको बताए।

-रासस

प्रकाशित: १३ पुस २०८० ०३:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App