१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

स्रोत नखुलेको १९ लाख सहित एक पक्राउ

विराटनगर महानगरपालिका-६ केशलिया मार्गबाट स्रोत नखुलेको नगद १९ लाख ९० हजार रूपैयाँसहित प्रहरीले एकजना पक्राउ गरेको छ।

प्रहरीले बुधबार साँझ स्रोत नखुलेको नगद १९ लाख ९० हजार रूपैयाँसहित सुनसरी देवानगंज गाउँपालिका-५ बस्ने ४९ वर्षीय सुरेन्द्र प्रसाद साहलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले को.७ प ५२२१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक साहलाई उक्त नगदसहित पक्राउ गरेको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 

प्रकाशित: १२ पुस २०८० ०६:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App