२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

महानगरभित्र सुर्तीजन्य पदार्थ बिक्री गर्ने पसल आजदेखि बन्द गरिने

काठमाडौँ महानगरपालिकाले आजदेखि महानगर भित्र सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाएको छ।

सर्वसाधारणको स्वास्थ्यमा प्रतिकुल असर परेको, प्रदूषण र सहरमा बढ्दो दृश्य प्रदूषण रोक्न यस्तो निर्णय गरेको महानगरले जनाइसकेको छ।

महानगरपालिकाले बुधवार सम्मेलन गरेर आजदेखि काठमाडौँ भित्र सुर्तीजन्य पदार्थ कच्चा सुर्ती, खैनी, गुट्टका, सुर्तीहरू प्रतिबन्ध गरिएको जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा काठमाडौँ महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले मङ्सिर २८ गतेदेखि काठमाडौँ भित्र सुर्तीजन्य पदार्थ प्रतिबन्ध गरिएको बताए।

उनले मङ्सिर २८ गतेपछि काठमाडौँमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने र बेचेको थाहा पाए पसल समेत बन्द गर्ने बताए।

मानन्धरले पसलमा यस्ता पदार्थ बेचेको पाइए दुई पटक सम्मलाई सामान जफत गरिने तर तेस्रो पटक पनि बेचेको पाए पसल नै बन्द गर्ने चेतावनी दिए।

उनले अनुगमनको लागि महानगरपालिकाले सादा पोसाकमा १० जनाको टोलीमा नगर प्रहरीलाई खटाउने बताए। पहिलो चरणमा अनुगमनको लागि ५० जना नगर प्रहरी परिचालन गरिने बताउनु उल्लेख गरे।  

महानगरपालिकाले सार्वजनिक स्थलको एक सय मिटर वरिपरि चुरोट बेच्न र धूम्रपान गर्न पनि प्रतिबन्ध लगाएको उनको भनाइ छ।

उनले सार्वजनिक स्थलमा धूम्रपान गरेको पाइए १ सय रुपैयाँसम्म जरिवाना गर्ने यसअघिको निर्णय कार्यान्वयनमा पनि कडाइ गरिने जानकारी दिएका छन्।  जनस्वास्थ्यमा परेको प्रतिकुल प्रभाव रोक्न, सहरी सौदर्यता कायम राख्न र भूमि तथा वातावरणीय असर न्यूनीकरण गर्न सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाएको उनले बताए।

प्रकाशित: २८ मंसिर २०८० ०१:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App