१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बर्दियाबाट अवैध सुनका गरगहना बरामद

फाइल तस्बिर

बर्दिया प्रहरीले स्रोत नखुलेको गरगहना सहित दुई जनालाई पक्राउ गरेको छ। बारबर्दिया नगरपालिका–९ कतर्नियाघाट बाट प्रहरीले सुनसहित दुई जनालाई आइतबार पत्रकार सम्मेलनमा गरेर प्रहरीले सार्वजनिक गरेको हो।

बरामद गरगहना २९ तोला १२ आना रहेको प्रहरीले जनाएको छ। बाँके नेपालगन्ज उपमहानगरपालिका–१९ राँझाका २९ वर्षीय मोहन विक र राप्ति डुडुवा गाउँपालिका–५ जब्दहवा बस्ने ३८ वर्षीय देबिन्द्र बहादुर घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ।

पूर्व पश्चिम राजमार्ग बासगढी नगरपालिका भित्र पर्ने कतरनियामा प्रहरीले बरामद गरेको गरगहना भारत लैजान लागेको वा भारतबाट नेपाल भित्राएको एकिन गर्न प्रहरीले अनुसन्धान सुरु गरेको हो।

प्रहरीको टिमवर्कले सुनसहित दुई जनालाई नियन्त्रणमा लिन सफल भएको प्रहरी उपरीक्षक सुधिरराज शाहीले बताए। उनका अनुसार बरामद सुनको मूल्य करिब रु ३५ लाख बराबरको छ। ‘सुन कहाँबाट ल्याइएको र कहाँ लैजान लागेको खुलेको छैन’प्रहरी उपरीक्षक शाहीले भने,‘अनुसन्धानमा थप कुरा खुल्ने र संलग्न अरु व्यक्ति पक्राउ पर्न सक्ने विश्वास छ।’ बरामद सुन राजापुर भन्सार कार्यालयमा बुझाउने तयारीमा रहेको प्रहरी उपरीक्षक शाहीले जनाए। अवैध गरगहना बरामद प्रकरणमा प्रहरी निरीक्षक नवराज शाही,शैलेश्वरी बोहरा र प्रहरी सहायक निरीक्षक कर्णनाथ योगीको मुख्य भूमिका रहेको शाहीले जानकारी दिए।

प्रकाशित: २४ मंसिर २०८० ११:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App