३० वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १६१ रनको लक्ष्य

पाँच टी-२० खेल अन्तर्गतको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई जितका लागि १६१ रनको लक्ष्य दिएको छ। 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको खेलमा टस जितेर  पहिला ब्याटिङ्ग गर्दै वेस्ट इन्डिज ‘ए’ ले निर्धारित ओभर खेल्दै ७ विकेट गुमाएर १६० रन बनायो।  

वेस्ट इन्डिज ‘ए’ का आन्द्रे फ्लेचरले सर्वाधिक ४३ रनको पारी खेल्दा गडाकेस मोटीले नट आउट रहँदै ३३ रन जोडे। कप्तान रोस्टन चेज भने २३ रन बनाएर आउट भए।

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालका लागि सागर ढकाल र कुशल भुर्तेलले समान २/२ विकेट लिए भने सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले समान १/१ विकेट हात पारे।  

अबको केही बेरमा नेपाल ब्याटिङका लागि मैदान उत्रने छ।

प्रकाशित: १६ वैशाख २०८१ १३:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App