३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

आरती साहका श्रीमान् मोतीबाबु साहलाई थुना पठाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले जनकपुरधामकी आरती साह मृत्यु प्रकरणमा श्रीमान् मोतीबाबु साहलाई थुनामा पठाउन आदेश दिएको छ।

न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले बुधबार श्रीमानलाई थुनामा पठाउने आदेश दिएको हो।

यस्तै आरती साहका ससुरासँग १ लाख रूपैयाँ धरौटी माग गरिएको छ।

यसअघि उच्च अदालत जनकपुरले आरती साहका ससुरा र श्रीमानलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। उनीहरू दुवै जना हाल थुनाबाहिर थिए।

आरती साहको परिवार न्यायको माग गर्दै माइतीघर मण्डलामा धर्नामा बसेको थियो। 

यो पनि पढ्नुहोस्

छोरीको न्यायका लागि लडिरहेकी आमा ‘निर्मला देवी’

 

प्रकाशित: २० मंसिर २०८० १४:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App