१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

शिकार खेल्न गएका एकजनाको गोलीको छर्रा लागि मृत्यु

दोलखामा शिकार खेल्न गएका एकजनाको गोलीको छर्रा लागि मृत्यु भएको छ। तामाकोशी गाउँपालिका–२ झुलेमा भरुवा बन्दुक पड्किएर छर्राले लाग्दा २० वर्षीय सञ्जिव सार्कीको मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ।

दोलखा प्रहरीका अनुसार शनिवार साँझ शिकार खेल्न गएका सार्की आफैंले बोकेको भरुवा बन्दुकबाट अटोमेटिक फायर हुँदा उनको देब्रे छातीमा छर्राले लागेको थियो। 

घाइते भएका उनलाई तामाकोशी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि राति नै चरिकोटस्थित पशुपति चौंलागाई स्मृति अस्पताल ल्याइएको थियो। अस्पताल भर्ना लगत्तै उनलाई चिकित्सकले मृत घोषणा गरेको थियो। 

सञ्जिवसहित ७ जना गयराति जंगलमा शिकार खेल्न गएका थिए। सञ्जिवको मृत्यु भएको घटना सार्वजनिक भएपछि उनीसँगै शिकार खेल्न गएका अन्य ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: १७ मंसिर २०८० ०५:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App