कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाको–४ उजेलगाउँमा घाइते अवस्थामा चितुवाको बच्चा फेला परेको छ।
गाउँपालिका नजिकैको वनमा अन्दाजी ४ महिनाको चितुवाको बच्चा फेला परेको डिभिजन वन कार्यालय कालीकोटले जनाएको छ ।
शरीरको पछाडिको भागमा चोट लागेको अवस्थामा स्थानीयले फेला पारेको चितुवाको बच्चालाई डिभिजन वन कार्यालय कालीकोटका फरेष्टर भुमि सिम्खाडासहितको टोलीले उपचारका लागि उद्धार गरेर सदरमुकाम लगेका छन्।
प्रकाशित: २० वैशाख २०८३ २०:२४ आइतबार





