१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बुधबार राति दुबई जान छुटेका ३१ जना यात्रुलाई आज बेलुका नै पठाइने

बुधबार राति नेपाल एयरलाइन्सबाट दुबई जान छुटेका ३१ जना यात्रुलाई आज बेलुका नै पठाइने भएको छ।

नेपाल वायुसेवा निगमले एक विज्ञप्ति जारी गर्दै बुधबार राति छुटेका ३१ जना यात्रुलाई आज बेलुका नेपाल एयरलाइन्सको फ्लाइटमा नै पठाइने जानकारी दिएको हो।

यात्रुहरु छुटेकोमा दुख व्यक्त गर्दै निगमले आज बेलुका ११ः३० मा  नेपाल एयरलाइन्सको फ्लाइटबाट दुबई पठाउने बताएको छ।

बुधबार राति ११ः३० को फ्लाइट ९ः३० बजे हुँदा ३१ यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै छुटेका थिए।

प्रकाशित: १४ मंसिर २०८० ११:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App