१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

लोक सेवा परिक्षामा पाँच लाखले फाराम भरे, तीन हजार पास

सरकारी सेवामा किसानका छोराछोरी बढि, मनाङ र मुस्ताङका सबै अनुत्तीर्ण

आर्थिक वर्ष २०७९/०८० मा आन्तरिक र खुला तर्फ ४ लाख ८३ हजार २ सय ३ जना व्यक्तिले लोक सेवा आयोगको परिक्षा दिन अनलाइन प्रणालीमार्फत दरखास्त दिएका थिए । परिक्षाका लागि फारम भर्ने मध्य ३ हजार ६ सय ७५ जना उम्मेदवार मात्र स्थायी नियुक्तिका लागि सिफारिस भएका छन्।यसबाट आयोगको परिक्षा पास गर्न झनै चुनौतीपूर्ण रहेको देखिन्छ।त्यसमा पनि सरकारी सेवामा अवसर पाउनेहरूमा महिला १ हजार ९९ जना र पुरुष २ हजार ५ सय ७६ जना छन्।

लोकसेवा आयोगको वार्षिक तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८०मा सरकारी सेवाप्रति सबैभन्दा बढी आकर्षण मधेसका ५ जिल्लाका सर्लाही, बारा, रौतहट, महोत्तरी र धनुषाबासीमा देखिएको छ।तर लोकसेवाका परिक्षा दिइ आयोगबाट सरकारी सेवामा सिफारिस हुनेमा गुल्मी, स्याङजा, सर्लाही, जुम्ला र धनुषाबासी रहेका छन् । उक्त आ. व.मा ५ जिल्ला सर्लाही, बारा, रौतहट, महोत्तरी र धनुषाबाट मात्र १६ प्रतिशत (८१ हजार ४ सय ३) दरखास्त परेको छ।

मनाङ र मुस्ताङका सबै अनुत्तीर्ण

आ. व. २०७९/०८०मा देशभरका ७७ वटै जिल्लाबाट दरखास्त प्राप्त भएका थिए। सबैभन्दा न्यून दरखास्त पर्ने जिल्लामा मनाङ, मुस्ताङ, रसुवा, म्याग्दी र डोल्पा रहेका छन् । ती जिल्लाबाट कूल ३ हजार ७३ मात्र (०.६३ प्रतिशत) दरखास्त परेका थिए।आ. व. २०७९/८०मा मनाङ र मुस्ताङ जिल्लाबाट कुनै पनि उम्मेदवारले आयोगको परिक्षा पास गर्न सकेनन।आयोगको अनुसार त्यस आ. व.मा आयोगबाट सिफारिस हुने उम्मेदवारहरूको औसत उमेर २८ वर्ष छ।

सरकारी सेवामा बढ्दो आकर्षण

आयोगले निकालेको अथ्यांक अनुसार सरकारी सेवाप्रति युवामा आकर्षण बढ्दै गएको देखिन्छ।अघिल्लो आर्थिक वर्ष (आ. व . २०७८/७९) मा परेको कूल दरखास्त संख्याभन्दा आ. व. २०७८/७९मा परेका दरखास्तको संख्या ३२.२३ प्रतिशतले बढी भएको पाइएको छ । आ. व. २०७८/७९मा ३ लाख ६५ हजार ४सय ३४ जनाबाट दरखास्त परेको थियो। आयोगका अनुसार पछिल्लो १० वर्षमा आयोगमा सबैभन्दा कम दरखास्त आ. व. २०७५/७६मा परेको थियो।त्यस वर्ष १ लाख ४३ हजार ७सय ५३ जना व्यक्तिबाट मात्र दरखास्त परेको थियो।यसैगरी सबैभन्दा बढी दरखास्त आ. व. २०७३/७४मा परेको थियो । त्यस वर्ष ८ लाख ४४ हजार २सय ९७जनाबाट दरखास्त परेको थियो।आ. वं २०७९/०८०मा ५ सय ३ बढुवा सूचना, १ सय ४७ आन्तरिक प्रतियोगितात्मक परीक्षा, २ सय ९९ खुला प्रतियोगितात्मक परीक्षा र ६ सय ६७ वटा विभिन्न समावेशी गरी १ हजार ६ सय १६ वटा विज्ञापन तथा बढुवा सूचनाहरू प्रकाशन गरिएको थियो।

परिक्षा दिनेमा बाहुन क्षेत्री बढी

आयोगले निकालेको तथ्यांक अनुसार लोकसेवा आयोगको परिक्षा दिनेहरूमा सबैभन्दा बढी बाहुन क्षेत्री समुदायका छन्।आ . व. २०७९/८०मा आयोगको परिक्षाकोलागि दरखास्त दिनेमध्ये पाहाडी समुदायका बाहुन मात्र २३ दशमलब ५६ प्रतिशत छन । जब कि, केन्द्रीय तथ्यांक विभागको पछिल्लो रिपोर्ट अनुसार पाहाडी समुदायको बाहुनको जनसंख्या कुल संख्याको ११ दशमलब २९ प्रतिशत रहेको छ । आयोगको परिक्षाकोलागि फाराम भर्नेमा क्षेत्री समुदायको जनसंख्या १२ दशमलब ४१ प्रतिशत रहेको छ । परिक्षाकोलागि दरखास्त दिनेमा सबैभन्दा कम समुदाय बराम समुदायका छन । आ. व. २०७९÷८०मा बराम समुदायबाट जीरो दशमलब जीरो १ प्रतिशत व्यक्तिले मात्र आयोगको परिक्षाकोलागि दरखास्त भरेका थिए।

सरकारी सेवामा किसानका छोराछोरी  

आयोगको तथ्यांक अनुसार लोकसेवा आयोगको परिक्षामा सहभागी हुनकोलागि किसानका सन्ततीहरूमा बढी देखिएको छ।आ. व. २०७९/८०मा दिइएका कुल दरखास्तमध्ये ७९ दशमलब ६४ प्रतिशत दरखास्त कृषि पेशा अंगालेका बाबुआमाका सन्ततीले दिएको आयोगको रिपोर्टमा जनाइएको छ। कुल दरखास्त दिएका मध्ये १० दशमलब ६४ प्रतिशत व्यक्तिका आमा बाबु मात्र व्यवसाय गरेको रिपोर्टमा जनाइएको छ । रिपोर्ट अनुसार उक्त आ. व.मा १ दशमलब ८५प्रतिशत श्रमिकका छोरा छोरीले आयोगको परिक्षाकोलागि दरखास्त दिएका छन्।

प्रकाशित: १० मंसिर २०८० १३:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App