१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

तीनकुने र बल्खु क्षेत्रको भिड हेरेर रुट डाइभर्सन गर्ने ट्राफिक प्रहरीको तयारी

तस्बिर: उपेन्द्र लामिछाने

आज बल्खु र तीनकुने क्षेत्रमा हुने प्रदर्शनको भिड हेरेर ट्राफिक रुट डाइभर्सन गर्ने तयारी गरिएको छ।

प्रदर्शनमा देखिएको भिड अनुसार ट्राफिक रुट डाइभर्सन गर्ने तयारी गरिरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टले नागरिक न्यूजलाई बताए।

उनले भने,'सकेसम्म सवारी साधन चलाउने प्रयास गरिरहेका छौँ। उपत्यकाका विभिन्न सात, आठ ठाउँमा भेला भएर जुलुस निकाल्ने भन्ने कुरा छ। जुलुस भएको रुटमा पनि सवारी साधन डाइभर्सन गर्छौं। अर्को प्रदर्शन हुने क्षेत्र बल्खु र तीनकुने क्षेत्रमा पनि भिड हेरेर ट्राफिक रुट डाइभर्सन गर्ने तयारी गरेका छौँ।'

आज बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ ले प्रदर्शन आयोजना गरेको छ। त्यस्तै नेकपा (एमाले) निकट युवा सङ्घले काठमाडौँको तीनकुनेमा प्रदर्शन आयोजना गरेको छ।

प्रकाशित: ७ मंसिर २०८० ०४:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App