२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

मन्त्री किराँतीद्वारा चेपाङ समुदायलाई न्यानो कपडा वितरण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले चेपाङ समुदायलाई न्यानो कपडा (ब्ल्याङकेट)वितरण गरेका छन।इच्छाकामना गाउँपालिका १ सप्रेनीका १६ चेपाङ परिवारलाई उनले दुईरदुई  ब्ल्याङकेट वितरण गरेका हुन।

हिजो सोमबार आयोजित कार्यक्रममा उनले आफ्नो पुस्तकको बिक्रीबाट उठेको रकमबाट चेपाङ समुदायलाई सहयोग गरेको जानकारी दिँदै चेपाङ जातीको भाषा र संस्कृति जोगाउन आवश्यक छ भने।चेपाङ समुदाय मागेर खाने समुदाय मात्र होइन”,उनले भने, ‘चेपाङ संस्कृति पर्यटन र आयआर्जनसंग जोडेर देशलाई संमृद्धि बनाउने समुदाय पनि हो।’सरकारले अल्पसंख्यक, सिमान्तकृत जनजातिको भाषा,संस्कृति संरक्षणका लागि विषेश प्राथमिकता दिने उनको भनाइ थियो।

मन्त्री किराँतीले चेपाङ संस्कृति जोगाउन अतुलनीय योगदान पु¥याएवापत भोटे बहादुर चेपाङ र बाबरी चेपाङलाई नगद पाँच÷पाँच हजार सहित सम्मान गरे । सो अवसरमा भोटेबहादुर चेपाङले ढ्याङग्रो बजाएर मन्त्री किराँतीलाई आफ्नो संस्कृति देखाएका थिए।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले चेपाङको अवस्था र इच्छाकामनामा पर्यटन सम्भावनाका बारेमा  जानकारी दिएका थिए । मन्त्री किराँतीले इच्छाकामनाका चेपाङ समुदायलाई लक्षित गरेर पर्यटनका ‘प्याकेज’का कार्यक्रम ल्याउने जानकारी दिए।मन्त्री किराँतीले चेपाङ समुदायसंग देउसीभैलो समेत खेलेका थिए।  

प्रकाशित: २८ कार्तिक २०८० ०२:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App