नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएसँगै त्यसको चाप बजारमा देखिन थालेको छ।
तिहारका लागि किनमेल गर्न राजधानीको असन, इन्द्रचोकलगायतका क्षेत्रमा चहलपहल बढेको हो।
तिहारमा विशेषगरी फूलमाला, भाइमसला (काजु, किसमिस, बदाम, नरिवल, जिन्जर लगायतका वस्तु) र झिलिमिली बत्तीको व्यापार ह्वात्तै बढ्छ। यसबाहेक, लत्ताकपडा र जुत्ताचप्पलको व्यापार समेत यो चाडमा बढ्ने गर्छ।
तस्बिरहरु: राजिव खत्री/नागरिक
प्रकाशित: २५ कार्तिक २०८० ०५:३० शनिबार