२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘कोपमा सहभागी हुने आकाङ्क्षीको भीड देखेर वन मन्त्रीले भने ‘मन्त्री पदमा बसौँ कि नबसौँ’

हरेक वर्ष आयोजना हुने संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलनमा सहभागी हुन सरकारी तथा गैरसरकारी क्षेत्रका दर्जनौँले प्रतिनिधित्व गर्ने गर्दछन्। जलवायु परिवर्तन विषयको फोकल निकाय बन तथा वातावरण मन्त्रालय रहेकाले सम्मेलनमा जान इच्छुकहरूले यो मन्त्रालयसँग अपेक्षा गर्ने गर्छन्। 

यस वर्षको राष्ट्र संघीय सम्मेलन (कोप–२८) नोभेम्बरको ३० देखि दुबईमा हुन लागेको र सम्मेलनमा सहभागी हुन निकै ठूलो संख्यामा इच्छुकहरू देखिएका छन्।

तिनको व्यवस्थापन गर्न वन तथा वातावरण मन्त्री डा विरेन्द्र प्रसाद महतोलाई यतिसम्म हम्मेहम्मे परेकोछ कि उनलाई मन्त्री पदमै ‘बसौँ कि नबसौँ’ भन्ने भएको छ।

‘कोपमा सहभागी हुन यति धेरै मानिस इच्छुक छन् कि त्यो हिसाबले म बसौँ कि नबसौँ भएको छ,’ उनले विहिबार मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा भने।

‘ठूलो संख्याको के काम? कोपमा ठूलो हल्ला र भीड होइन, सहभागीले जिम्मेवार पूर्वक तथ्याङ्कमा आधारित रहेर र टेबल डटाएर जलवायु न्यायको लागि दाबी गर्ने हो,’ सम्मेलनको तयारीको मन्त्रालयले विहिबार आयोजना गरेको एक छलफल कार्यक्रममा उनले भने।

कतिपयले सम्मेलनमा सहभागी नहुँदा मन्त्रालयलाई आलोचना गर्ने गरेको प्रसग उद्धृत गदै उनले भने, ‘सम्मेलनमा सहभागी हुन पाए मन्त्रालय ठिक र सम्मेलनमा सहभागी हुन नपाए मन्त्रालय ठिक नभनौँ।’ 

प्रकाशित: २४ कार्तिक २०८० ०९:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App