४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

न्यायाधीशहरुले भूकम्प पीडितलाई ७ दिनको तलब दिने

सर्वोच्च अदालतका प्रधानन्यायाधीश एवं न्यायाधीशहरुले भूकम्पका पीडितहरूलाई ७ दिनको तलब भूकम्पपीडितलाई दिने भएका छन्।

सर्वोच्च अदालतमा आज बसेको पूर्ण (सबै न्यायाधीशहरू सम्मिलित) बैठकले राहतका लागि आफूहरूले पाउँदै आएको तलब दिने निर्णय भएको हो।

सर्वोच्च अदालतका सह प्रवक्ता गोविन्दप्रसाद घिमिरेका अनुसार सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरुले ७ दिनको तलब सहयोग गर्नेछन्। 

त्यसैगरी उच्च अदालतका न्यायाधीहरुले ५ दिन र जिल्ला अदालतका न्यायाधीशले ३ दिन, अन्य अधिकृत स्तरका कर्मचारीहरूले २ दिन र सहायक स्तरका कर्मचारीहरूले १ दिन बराबरको तलब स्वैच्छिक रुपमा सरकारलाई दिने भएका हुन्। 

घोषणा गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको सह प्रवक्ता घिमिरेले जानकारी दिएका छन् ।

प्रकाशित: २२ कार्तिक २०८० ११:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App