१२ माघ २०८२ सोमबार
image/svg+xml
खेल

भूपेन्द्र सम्मानित

उमा कुङ्फुका अन्तर्राष्ट्रिय पदक विजेता भूपेन्द्र गुरुङ अमेरिकाको न्युयोर्क स्टेट एसेम्बलीद्वारा सम्मानित भएका छन्।

मेम्बर अफ एसेम्ब्ली स्टिभन बी रागाले भूपेन्द्रलाई सो सम्मान प्रदान गरेका हुन्। खेलकुद क्षेत्रमा हासिल गरेको उपलब्धिका कारण उनलाई सम्मान गरिएको हो।

राष्ट्रिय उमा कुङ्फु च्याम्पियनसिपका स्वर्ण विजेता भूपेन्द्रले अमेरिका, युके र जर्मनीमा सम्पन्न सात अन्तर्राष्ट्रिय प्रतियोगितामा १३ स्वर्ण र दुई रजत पदक जितेका छन्। उनले जर्मनीमा भएको १२औं विश्व मार्सल आर्ट्स गेम्समा एक स्वर्ण, अमेरिकामा भएको ब्याटल अफ दि ड्रागन विश्व च्याम्पियनसिपमा दुई स्वर्ण र युकेमा उमा युरोपियन च्याम्पियनसिपमा तीन स्वर्ण जितेका थिए।

युकेमा भएको आईएमएसी खुला प्रतियोगितामा दुई स्वर्ण, अमेरिकामा भएको छैटौं बक्स काउन्टी मार्सल आर्ट्स च्याम्पियनसिपमा एक स्वर्ण र १ रजत, युकेमा भएको उमा युरोपियन च्याम्पियनसिपको अर्को संस्करणमा एक स्वर्ण तथा १४औं विश्व खुला मार्सल आर्ट्स च्याम्पियनसिपमा दुई स्वर्ण र एक रजत जितेका छन्।

नेपाल उमा कुङफु संघका उपाध्यक्ष समेत रहेका अन्तर्राष्ट्रिय निर्णायक भूपेन्द्रले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गरेका छन्। उनले यो सम्मानले उत्साहित बनाएको प्रतिक्रिया दिए।

‘खेलकुद मार्फत नेपाली समुदायप्रति सेवा र योगदानको कदरस्वरूप न्यूयोर्क राज्य सभाबाट यो सम्मान प्राप्त गर्न पाउँदा अत्यन्तै सम्मानित महसुस गरेको छु। यो सम्मानका लागि न्यूयोर्क राज्यसभा सदस्य स्टिभन रागाप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु, ’उनले भने।  

प्रकाशित: ११ माघ २०८२ ०८:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App