५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

शारिरीक रुपमा अंगभंग भई अशक्त भएका सशस्त्र प्रहरी कर्मचारीको एक तह बढुवा

सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त जिम्मेवारी बहन गर्ने क्रममा शारिरीक रुपमा अंगभंग भई अशक्त भएका सशस्त्र प्रहरी कर्मचारीहरुको वुद्धि विकासलाई मध्यनजर गरी एक तह बढुवा दिने व्यवस्था गरिएको छ।

सो अन्तर्गत सशस्त्र प्रहरी नायव उपरीक्षक अरुण ढुंगानालाई सशस्त्र प्रहरी उपरीक्षक र सशस्त्र प्रहरी निरीक्षक बामदेव पण्डित (शर्मा) लाई सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा बढुवा सिफारिस गरिएको हो।

बढुवा भएका सशस्त्र प्रहरी कर्मचारीहरु सशस्त्र प्ररी बल नेपाल प्रधान कार्यालय मानवश्रोत विभाग अन्तर्गत रहने छन्। एक पटकको लागि मात्र एक तह पदोन्नती दिई जुनसुकै कारण सो पद रिक्त भएमा स्वतः तल्लो पदमा कायम हुने गरी विशेष पद र दरबन्दी सिर्जना गरिएको सशस्त्र प्रहरी बल नेपालका सह प्रबक्ता डिएसपी शैलेन्द्र थापाले बताए। ढुंगाना र शर्मा  द्वन्द्व कालमा विद्युतिय धरापमा परि गम्भीर घाइते भइ अंगभंग भएका अधिकृत हुन्।

सशस्त्र प्रहरी बल नेपालको संगठन तथा ब्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०८० स्वीकृत भएपश्चात सो व्यवस्था लागू भएको हो। साथै अन्य सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन अन्तर्गत क्रमशः सम्बोधन गरिदै लैजाने योजना संगठनको रहेको छ।

प्रकाशित: २४ आश्विन २०८० ०८:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App