८ असार २०८१ शनिबार
image/svg+xml
समाज

आजदेखि चाडपर्व लक्षित सार्वजनिक सवारी साधनको टिकट बुकिङ गर्न पाइने

फाइल तस्बिर

चाडपर्वलाई लक्षित गरेर सार्वजनिक सवारी साधनको टिकट बुकिङ आजदेखि खुला भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शुक्रबार भएको सर्वपक्षीय बैठकले आजदेखि दसैँको टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो।  

नेपाल यातायात व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरले चाडपर्वमा यात्रुलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्याउने जिम्मेवारी यातायात व्यवसायीको पनि भएकाले आजदेखि अग्रिम टिकट बुकिङ खुलाइएको बताए।

उनले काठमाडौं उपत्यकामा झन्डै एक दर्जन स्थानबाट दसैँंको अग्रिम टिकट बुकिङ खुला गरिएको भन्दै अनलाइन र म्यानुअल दुवै तवरबाट दसैँको टिकट बुकिङ गर्न सकिने बताए।  

बस सेवा डट कमको एपबाट अग्रिम बुकिङ खुला भएको दिनबाटै टिकट काट्न सकिने यातायात व्यवसायीले बताएका छन्।  

ट्राफिक प्रहरीकाअनुसार दसैँमा करिब १० लाखभन्दा धेरै यात्रु घर फर्किने गर्छन्।  

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले पनि दशैंको अग्रिम टिकट बुकिङ खुला गरिएको भन्दै व्यवस्थित ढङ्गले यात्रुलाई आफ्नो गन्तव्यमा पठाइने दाबी गरे।  

प्रकाशित: २२ आश्विन २०८० ०२:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App