सरकारले हरेक वर्ष सञ्चालन गर्दै आएको चाडपर्व लक्षित सुपथ पसल अर्काे सातादेखि सञ्चालनमा आउने भएको छ। दसैँ, तिहार र छठलाई लक्षित गरेर उपभोक्तालाई राहत दिन सरकारले अर्काे सातादेखि सातादेखि सुपथ पसल सञ्चालन गर्न लागेको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले अर्काे सातादेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी भइरहेको नागरिक न्युजलाई बताए। चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको उनले बताए।
सरकारले चाडपर्वमा बजारमा दैनिक उपभोग्य वस्तुको खपत धेरै हुने हुँदा उपभोक्ता ठगिन सक्ने हुँदा बजार मूल्य नियन्त्रण गर्न सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ।
गत वर्षसरह यस वर्ष पनि खाद्यान्नमा छुट दिइने मन्त्रालयले जनाएको छ। नुन प्रतिकेजीमा दुई रुपैयाँ, चिनी प्रतिकेजीमा पाँच रुपैयाँ र चामल प्रतिकेजीमा पाँचदेखि १० रुपैयाँसम्म छुट दिने गरी तयारी गरिएको मन्त्रालयले जनाएको छ। यस्तै खसीबोका प्रतिकेजीमा १० रुपैयाँ छुट दिने तयारी छ।
मन्त्रालयले चालु आर्थिक वर्षको बजेटमार्फत सुपथ पसल सञ्चालन गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड दुई करोड ३२ लाख २० हजार र साल्ट्र टे«डिङ कर्पोरेसनलाई एक करोड रुपियाँ बजेट विनियोजन गरेको छ।
सरकारले सञ्चाल गर्ने सुपथ पसल काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा सञ्चालन गरिने छ।
प्रकाशित: ८ आश्विन २०८० ०५:५५ सोमबार