५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

एसडिजीले तय गरेको रणनैतिक कार्यविधिलाई हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्नुपर्छ: मन्त्री आचार्य

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले दिगो विकास लक्ष्य (एसडिजी) एवं आवधिक योजनाले तय गरेको रणनैतिक कार्यविधिलाई हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन्।  

शनिवार समाज कल्याण परिषद्द्वारा काठमाडौंमा आयोजित ४४ औं सामाजिक सेवा दिवसलाई सम्बोधन गर्दै उनले सन् २०३० सम्म नेपाललाई समुन्नत राष्ट्रको रुपमा चिनाउने गरी योजना तर्जुमा गर्न निर्देशन दिएका हुन्। उनले सामाजिक संस्थाले पारदर्शीता, परियोजनाहरूको कार्यकुशलता, प्रभावकारितामा ध्यान पु¥याउनुपर्ने आवश्यकता रहेको बताए।  

उनले गैर सरकारी क्षेत्रबाट हुने सबै काम कारबाहीलाई सरकारको एकद्वार नीति अनुरुप समाजकल्याण परिषद्मार्फत सञ्चालन गर्नेगरी कार्य गर्न निर्देशन दिएका हुन्। उनले गैरसरकारी संस्थाहरूलाई प्राथमिक प्राप्त क्षेत्रमा परिचालन गर्ने परिषद्बाट हुने अनुगमन एवं मूल्याङ्कन कार्यलाई प्रभावकारी बनाइने व्यहोरा आर्थिक वर्ष २०८०÷०८१ को नेपाल सरकारको नीति तथा कार्यक्रममा समेत उल्लेख रहेको बताए।

उनले परिषद्द्वारा प्रवाह हुने सेवा, सरोकारवाला निकायहरूबीचको समन्वय, परियोजनाको अनुगमन, मूल्याङ्कन, सूचना तथा तथ्याङ्क व्यवस्थापन लगायतका कार्यहरू प्रभावकारी बनाउँदै लैजानुपर्ने बताए।

प्रकाशित: ६ आश्विन २०८० ०६:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App