३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

मोटरसाइकलको ठक्करबाट घाइते महिलाको मृत्यु

रौतहटमा एक साताअघि मोटरसाइकलको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहटकी ४० वर्षकी रीतादेवी दास रहेकी छिन्।

गत आइतवार साँझ रौतहटको कटहरिया नगरपालिका ४ बकैया पुलनजिक भित्री सडक खण्डमा कटहरियाबाट सन्तपुरतर्फ जाँदै गरेको ना ५५ प ९५७८ नम्बरको मोटरसाइकलले पैदल यात्री दासलाई ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करले घाइते भएकी थिइन्।  

दासलाई कटहरियामा नै प्राथमिक उपचार गराई थप उपचारको लागि वीरगञ्ज पठाइएको थियो। महिलाको टाउकोको पछाडिको भागमा गहिरो चोट लागेको थियो। घाइते दासकोे उपचारको क्रममा वीरगञ्जस्थित सूर्या अस्पतालमा बिहीवार मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित: ५ आश्विन २०८० ०४:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App