१ वैशाख २०८३ मंगलबार
image/svg+xml
समाज

१२ औ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलन सुरु

नेपालमा १२ औ स्वास्थ्य तथा जनसंंख्या वैज्ञानिक सम्मेलन सुरु भएको छ। शुक्रवार उपराष्ट्रपति रामप्रसाद साहले सम्मेलनको औपचारिक उट्घाटन गरे।  

सम्मेलनलाई संबोधन गर्दै उपराष्ट्रपति साहले नेपालको संविधान धारा ३५ ले प्रत्येक नागरिकलाई आधारभुत स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्थालाई संवोधन नेपाल स्वास्थ्य अनुसन्धान परिषदको प्रमुख भूमिका रहेको उल्लेख गरे।

‘वैज्ञानिक अनुसन्धानवाट प्राप्त तथ्यहरू नेपालको स्वास्थ्य नीतिमा रूपान्तरण हुनु परिषदको प्रेरणादायी कार्य हो’ उनले भने।

यसको साथै परिषदबाट हुने स्वास्थ्य अनुसन्धानहरूले  नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा पनि प्रतिष्ठत गराउने आशा लिएको बताए। सोही क्रममा साहले  परिषदले स्वास्थ्य क्षेत्रमा संवैधानिक रूपमा भएको व्यवस्था परिषदले दायित्वको रूपमा ग्रहण गर्न आवश्यक रहेको बताए।

समारोहलाई स्वागत गर्दै  नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अध्यक्ष डा. प्रमाद जोशीले नियमित स्वास्थ्य अनुसन्धानको कार्यकालाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने बताए। अनुसन्धानको थप विकासमा राज्यको लगानी आवश्यक रहेको जोशीले बताए।

परिषदका कार्यकारी निर्देशक डा. नारायणविक्रम थापाले सम्मेलनले आपसी अनुवभ र विकासको जानकारी शेयर गर्न यो सम्मेलनले खास लाभ मिल्ने बताए।

सम्मेलनमा पछिल्लो समय स्वास्थ्यभारको रूपमा देखापरेको नसर्ने रोगबारे भएको अनुसन्धानहरूको बारेमा हुने छलफल र युवा अनुसन्धानकर्ताहरूको सहभागिताले सम्मेलनलाई प्रभावकारी बन्ने अपेक्षा लिएको बताए।

उनले भने, ‘३५ वर्षको अवधिमा परिषदले उल्लेखनीय काम गरेको छ , जसमा राज्यको स्वास्थ्य व्यवस्थापनको लागि योगदान पुगेको छ’ उनले भने।

सोही क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले नेपाल स्वास्थ्य अनुसन्धानको यस्तो सम्मेलन संस्थागत विकासको लागि योगदान रहेको बताए। ‘अनुसन्धानवाट प्राप्त तथ्यको सार्वजनिकीरणले स्वास्थ्य संस्थालाई निर्देशित गर्छ, जसको कारण प्रभावकारी नीति नियम निर्माणमा योगदान गरेको छ ’ उनले भने।

सम्मेलन शुक्रवारदेखि आइतवारसम्म जारी रहनेछ। १२ औ सम्मेलनमा १२ सयभन्दा वढी स्वेदशी तथा विदेशी वैज्ञानिक तथा विज्ञहरूले भाग लिएका छन्।

प्रकाशित: २७ चैत्र २०८२ १२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App