१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

वीरेन्द्रको सालिक पुनर्स्थापनाको तयारी

नेपालगन्जमा राजा वीरेन्द्रको सालिक पुनर्स्थापना गर्ने तयारी गरिएको छ। सालिक पुनर्स्थापनामा ‘मातृभूमि नवनिर्माण अभियान’ नेपालले सक्रियता देखाएको छ। राजा वीरेन्द्रको सालिक पुनर्स्थापना समिति नेपालगन्जको तर्फबाट संयोजक तेजविक्रम शाहले आइतबार नेपालगन्ज उपमहानगरका नगर प्रमुख प्रशान्त विष्टलाई भेटेर ध्यानाकर्षण गराएका छन्।

सालिक पुनर्स्थापनाका लागि दलहरूको समर्थन जुटाई बृहत् अन्तरक्रिया सम्पन्न गर्न उपमहानरले संयोजन र सहजीकरण गरिदिन अनुरोधसहितको पत्र मेयर विष्टलाई हस्तान्तरण गरिएको शाहले बताए।

नेपालगन्जको वीरेन्द्र चोकमा सालिक पुनर्स्थापना गर्नुअघि सबै पक्षसँग अन्तरक्रिया गर्ने समितिको तयारी छ। ‘यो अभियान हामी सबैको हो’, राजा वीरेन्द्रको पूर्ण कदको सालिक स्थापना गर्ने समितिको तयारी छ। समितिले केही दिनअघि पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइसकेको छ। लोकतन्त्र स्थापनापछि अज्ञात समूहले वीरेन्द्र चोकमा राजा वीरेन्द्रको सालिक तोडफोड गरेको थियो।

दुई वर्षअघि पनि राप्रपालगायत राजावादी समूहको अगुवाइमा राजा वीरेन्द्रको अर्धकदको सालिक पुनर्स्थापना गर्ने प्रयास भएको थियो। त्यतिबेला दलहरूको दबाबमा सालिक पुनर्स्थापना हुन सकेको थिएन।

प्रकाशित: १ आश्विन २०८० ०३:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App