धनुषा प्रहरीले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ। प्रतिबन्धित गाँजा ओसारपसारमा संलग्न दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा क्षिरेश्वरनाथ नगरपालिका ७ का ५० वर्षीय राज कुमार महतो र सोही नगरपालिका ५ का ३५ वर्षीय मनोज कुमार पण्डित रहेको धनुषा प्रहरी प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए।
प्रहरीले गोप्य सूचनाका आधारमा राजकुमारले चलाउँदै आएको प्रदेश २ ०२ ००१ प ०६२४ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा सोही मोटरसाइकलमा सवार मनोजको झोलाबाट ९ किलो गाँजा बरामद भएको प्रहरीले जानकारी दिए।
प्रहरीका अनुसार ढल्केवरबाट जनकपुरतर्फ गइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले टोली उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ परेको दुबै जनालाई जिल्ला अदालत धनुषाबाट दस दिनको म्याद थप गराइ अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ।
प्रकाशित: २९ भाद्र २०८० १२:४४ शुक्रबार