२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

शुक्लाफाँटा आरक्ष पीडितले माइतीघरको धर्ना रोके

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जपीडितले माइतीघर मण्डलामा दिइरहेको धर्ना स्थगित भएको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्र मन्त्री एनपि साउँद विदेश भ्रमणबाट फर्किएपछि बसेर छलफल गर्ने सर्तमा धर्ना कार्यक्रम स्थगित गरिएको हो।

संविधानसभा सदस्य एवं सुदूरपश्चिम प्रदेश सभाका सांसद बहादुरसिँह थापा नेतृत्वको समूहले धर्नारत पीडित पक्षसँग यस्तो सहमति गरी आज धर्ना स्थगित गराएका छन्।

विभिन्न ६ सूत्रीय माग राखेर आरक्ष पीडित सङ्घर्ष समितिका अध्यक्ष कर्णबहादुर चन्द र सचिव प्रेमदत्त भट्ट चार दिनदेखि माइतीघर मण्डलामा धर्नारत थिए।

‘प्रधानमन्त्री र परराष्ट्र मन्त्री विदेश भ्रमणमा हुनुहुन्छ।उहाँहरू नआई छलफल हुन्न, त्यतिन्जेलसम्म धर्नामा व्यर्थै दुःख पाइन्छ भनेर माननीय(थापा)ज्युले भन्नुभयो,’ धर्नारत सङ्घर्ष समितिका अध्यक्ष चन्दले भने,‘उहाँहरू आएपछि छलफल गराएर निकासको बाटो खोजौला भनेपछि अहिले धर्ना कार्यक्रम रोकेका छौँ ।’

प्रकाशित: २८ भाद्र २०८० १३:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App