१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

सुन्तखानमा मनाइयो कृष्ण जन्माष्टमी (तस्बिरहरु)

गोकर्णेश्वरको सुन्तखानमा कृष्ण जन्माष्टमी मनाइएको छ।

कृष्ण जन्माष्टमीको दोस्रो दिन सुन्तखानवासीले श्रीकृष्ण रथ बोकेर कृष्ण जन्माष्टमी मनाएका हुन्।

श्रीकृष्णको रथलाई सुन्तखान पुरै घुमाइएको थियो। यस भन्दा अगाडि रथलाई छोटो दुरीमा घुमाइथ्यो भने यो वर्ष सुन्तखान पुरै घुमाइएको थियो। 

भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वमा भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइन्छ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो।

प्रकाशित: २१ भाद्र २०८० १४:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App