१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

रौतहटमा बस पल्टियो, एक महिलाको मृत्यु,भारतीयसहित दश जना घाइते

रौतहटको जनयनगरमा शनिबार बिहान बस पल्टिँदा एक महिलाको मृत्यु भएको छ भने दश जना घाइते भएका छन्। घाइते हुनेमा भारतीय नागरिककासहित महिला तथा बालबालिका रहेकाे प्रहरीले जनाएको छ।

रौतहटको गौरबाट चन्द्रपुरतर्फ जाँदै गरेको ना ७ ख ८४१४ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको हो। बस आफैँ अनियन्त्रित भई सडकमै पल्टिएको हाे।

बसमा माधव नारायण नगरपालिका-३ भेलही गाउँकी १८ वर्षीया नेहा गिरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिइन्।

उनका अनुसार दुर्घटनामा परोहा नगरपालिका-३ तेजापाकडका देवंश कुमार दास, गौर नगरपालिका-१ की रंजुदेवी दास, गौर नगरपालिका ४ का राकेश चन्द्रवंशी घाइते भएका छन्। यसैगरी वर्ष ५ की शिवानी कुमारी, वर्ष ३ की सोहानी तथा वर्ष १ की मधुकुमारी पनि सामान्य घाइते भएका छन्।

दुर्घटनामा भारत बिहारको मधुवनी बासोपटीका ४७ वर्षीय अविनाश झा, झाकी पत्नी ३५ वर्षीया निकी झा, छोरी २ वर्षीया निकी झा तथा वर्ष ६५ की सुधिना झा पनि घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रवक्ता डिएसपी गिरीले बताइन्।

दुर्घटना भएको बसमा १५ देखि २० जना सबार रहेका थिए। दुर्घटना भएको बसका चालक फरार रहेका छन्। फरार चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ। 

प्रकाशित: १५ असार २०८१ १२:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App