१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

माल्दिभ्स फुटबल संघका अध्यक्ष प्रतिबन्धित

फिफा स्वतन्त्र आचार समितिको न्यायिक चेम्बरले माल्दिभ्स फुटबल संघ (एफएएम) का अध्यक्ष बासम अदिल जलिललाई प्रतिबन्ध लगाएको छ।

शुक्रबार विज्ञप्ति जारी गर्दै फिफा आचारसंहिताको धारा ८६ बमोजिम फुटबलसँग सम्बन्धित कुनै पनि गतिविधि (राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै स्तरमा) मा भाग लिन नपाउने गरी उनलाई अस्थायी रूपमा निलम्बन गरिएको जानकारी दिएको हो।

भ्रष्टाचार, आर्थिक हिनामिनालगायतका आरोपमा उनीमाथि माल्दिभ्सको महान्यायाधिवक्ताको कार्यालयले छानबिन गरिरहेको थियो।

जसमा उनी दोषी पाइएपछि महान्यायाधिवक्ताको कार्यालयको आग्रहमा उनलाई निलम्बन गरिएको फिफाले जनाएको छ। 

प्रकाशित: १५ असार २०८१ ११:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App