४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

धार्मिक आस्थामा कर्णालीका नगरिक

धार्मिक पैठ–मेला सम्पन्न

खाँडाचक्र नगरपालिका ३ ताडीमा मष्टो धलपुरोको मन्दीरमा धामी। तस्बिर: ललित विष्ट/कालिकोट

जिल्लाका विभिन्न ठाँउमा धार्मिक मेला तथा पैठहरु सम्पन्न भएका छन। विषेशगरी श्रावण पुणिमा चतुरदशि तिथिबाट सुरुवात हुने चुलिमालिका, पुगमालिका, वडिमालिका महावु, लिङ्सैनी, लगायतका चर्चित धामहरुमा मेला सकियसंगै पैठमेला सुरु हुने गर्दछन्।

कालिकोटमा १२ भाई मष्टाका मन्दीरहरु गाउँ–गाउँमा छन्। प्राय मानिसहरु बिरामी पर्दा, अन्याय पर्दा, कसैले विभेद गर्दा पहिले देउता कहाँ जान्छन्। त्यसपछि अस्पताल, प्रहरी प्रशासन र न्यायलय जाने गर्छन्। परिवारको राम्रो कामका लागि होस् वा शुभ कार्यका लागि देवताको आशीर्वाद लिने गरिन्छ। देवता यहाँको लागि पहिलो अस्पताल, पहिलो न्यायलय, पहिलो अभिभावकका रुपमा लिने गरेको स्थानीयको भनाइ छ।

देवी देउताको पूजाले दुख बिमारी निको हुने, भुत लागेको छोड्ने, पारिवारीक सुख शान्तिका साथै खेतमा राम्रो बाली पनि हुने विश्वास रहेको खाँडाचक्र नगरपालिका वडा नं. ३ का मष्टो धलपुराका धनप्रसाद पाण्डेले बताए।

उनले भने, ‘पहिलेको तुलनामा अहिले देवी देउता प्रति मानिसहरुको लगाव घट्दै गएको छ। तर विश्वासमा कमी छैन। पहिले पहिले सुरुमा पाकेको बाली र सुरुमा फलेको फल र कुनै नयाँ कामको सुरुवात गर्दा देवी देउताको भरोषामा गरिथ्यो।’

मष्टो धलपुराको मन्दीर जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ३ ताडीको डाँडामा छ। हरेक वर्ष साउन पूर्णीमाको चतुर्दसीका दिन रतेडी र पञ्चमीका दिन दिउँसेडी गरेर धामी काँप्ने, पाठ पूजा गर्ने, देउडा खेल्ने गरी भव्य रुपमा मेला लाग्ने गरेको छ।

देवीदेवताको विश्वासले नै हरेक देवताको पैठमा खुटो धजा, फुल चामल लिएर मानिसहरु पूजामा सहभागी हुन्छन्। बाजेका पालादेखि मानिआएको हाम्रो संस्कृति र परम्पराको निरन्तरता दिन र कुल नबिग्रियोस भनेर देवी देवताको पूजा गर्ने गरिएको स्थानिय प्रकास शाहीले बताए। साउन पूर्णिमाको दिनदेखि नै जिल्लाका ९ वटै पालिकामा रहेका मष्टो देवताका थानहरुमा मेला लागेका छन्। जिल्ला बाहिर बसोबास गर्दै आएका नागरिकहरु पनि कुल देवता पुज्नका लागि गाउँ फर्किएका छन्। देवताको पैठलाई आफन्तहरुको भेटघाट र परिवारको सफलतासँग पनि जोड्ने गरिएको छ।

कर्णाली क्षेत्रका जुम्ला, कालिकोट, बाजुरा दैलेख, मुगुलगायत जिल्लामा पैठहरू निकै रौनकतापूर्वक मनाइन्छ। दमाहाको रागअनुसार धामी नाच्नु (पतुर्ने) नै पैठको मुख्य विशेषता हो। पैठमा सेतो दौरा, शिरमा फेटा, गलामा रुद्राक्ष तथा फूलका माला लगाएर धामीहरू दमाहाको धुनमा पतुर्ने गर्छन्। स्थानीय देवहरूको उत्सव पैठ अन्तर्गत मष्टा देवको पैठ, झ्या देवको पैठ, लाकुराको पैठ, ह्याकर लौडिसिमेको पैठ, महादेवको पैठ, लामा विष्णुको पैठ, बाटपालाको पैठ, खापर देवको पैठ इत्यादि पर्छन्।

दमाहा र देउडाको रौनक

पैठमा पैठारु (पैठ हेर्ने दर्शक) ले वरिपरि घेरेका हुन्छन्। बीचमा विभिन्न जातिका धामीहरूको समूह र किनारामा दमाईहरू दमाहाका साथ उभिएका हुन्छन्। दमाहाको धुन बजेसँगै धामीहरू कम्मर हल्लाउँदै पतुर्छन्। पतुर्दै काम्न थालेपछि धामीमा देउता चढेको मानिन्छ। प्रत्येक धामीको आ–आफ्नै धुन हुन्छ।

धामी पतुरिसकेपछि पैठारुहरू देउडा खेल्ने गर्छन्। देउडा समूह–समूह बाँधेर खेलिन्छ। महिलाको छुट्टै देउडा खेल हुन्छ भने पुरुषको छुट्टै। यसले पैठको माहोलमा रौनकता थप्छ।

धामीहरूको समूहभित्र पनि मूल धामी, सहायक धामी तथा डाङ्ग्री (धामीको पूजाआजाको सामान हेरचाह हुने गरेका छन्।

पैठको दिनमा ठूलो मेला लाग्छ। प्रायः ठूला देवहरूका पैठ पाटनमा आयोजना गरिन्छ भने साना तथा स्थानीय पैठ गाउँ–गाउँमा लाग्ने गर्छ। नयाँ लुगा लगाएर साथीसँगीको समूह–समूहमा पैठ हेर्न जाने चलन छ। सबै उमेर समूहका मानिस घण्टौं हिंडेर पैठमा मेला भर्न पनि जान्छन्। आफ्नो ठाउँमा पैठ हुने बेला भारतमा श्रम गर्न गएका युवाहरू पनि घर फर्कने गर्छन्।

जिल्ला सदरमुकामबाट चार दिनमा पुगिने वडिमालिका र दुई दिनमा पुगिने चुलिमालिकामा राति आधा लेखमा विच वाटोमा रमाइलो गर्दै भजन कृतन गाउदै वस्ने गर्दछन। चुलिमालिकाको रहस्या मय केछ भने भुवानी देविको भैसि भनेर चिनिने एउटा ढुङ्गा नजिक जादा ढुङ्गा देखिन्छ भने दुई किलोमिटर टाढाबाट हेर्दा भैसिनै देखिन्छ। त्यो पनि हिउद महिनामा देखिन्न असार १ गते पछि मात्र देखिन्छ।

यस्तै लिंगासैनिको मेला पुणिमाको दिन भव्यरुपमा लाग्ने गर्दछ। यहाँ एकहजार बोकाहरुको बलि दिने गरिन्छ। लिंगासैनि देवतालाई खुसि पार्न तथा झण्डै तिन मिटर लामो शिव लिंगलाई हेर्न विभिन्न जिल्लाका मानिसहरु बलि ल्याएर आउने गरेको गरेका छन्। यस्तै ठुलाचाखा, गल्ली धल्पुरो, कुलदेव, ताडि मस्टाको पैठहरु पनि सरु भइरहेका छ। झाक्रिहरु लाइन लागेर नच्ने, स्थानीय देउडावाट रमाइलो गरिने पैठहरुमा जात्रा हेर्नेहरुको घुइचो लाग्ने गर्द छ। यतिवेलाबाट सुरु भएका यि पैठ मेलाहरु असोज पुणिमा सम्म चल्ने गर्दछन।

प्रकाशित: २० भाद्र २०८० १२:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App