१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

सुन तस्करीमा मुछिएका दावाको होटेल ‘भियना’ भित्र अस्पताल ! उपचार गर्ने चिकित्सक चिनियाँ

साठी किलो सुन प्रकरणमा पक्राउ परेका दावा छिरिङले काठमाडौँको ठमेलमा सञ्चालन गरेको होटेल भियना भित्र अस्पताल पनि रहेको खुलासा भएको छ। अझ रोचक त के छ भने उक्त अस्पतालका चिकित्सक पनि चिनियाँ नागरिकनै रहेको पाइएको छ।

दावा बेल्जियन नागरिक हुन र उनकी पत्नी अमला रोका नेपाली नागरिक हुन। दुवैले मिलेर ठमेलमा ‘भियना’ होटेल सञ्चालन गर्दै आएका छन्। होटेल भियनामा माओवादीका उपमहासचिव वर्षमान पुनका भाइ प्रनिससमेत साझेदार छन्।

होटेलमा छिरिङ, अमला रोका, मञ्जिल श्रेष्ठ, चिनियाँ नागरिक जिलियाङ, चेन काइमु, गुआङपेङग जोङ र प्रनिस पुन साझेदार छन्। प्रहरीले सोधपुछका लागि कृष्णबहादुर महरा, वर्षमान पुन, राहुल महरा, दिपेश पुन, प्रनिस पुन, अमला रोका, बिन्दु मगरलगायत २५ जनाको सूची बनाएको स्रोतले जनाएको छ।

पछिल्लो पटक सिआइबीले छापा मार्दा होटेलभित्रै अस्पताल सञ्चालनमा रहेको र त्यहाँ चिनिया चिकित्सकले उपचार गरिरहेको पाइएको थियो। ‘नेपालमा चिनियाँ चिकित्सक पर्यटक र व्यापारिक भिसामा आएर उपचारमा क्रियाशील रहेको पाइएको छ।

त्यो अस्पताल नै अनुमतिबेगर सञ्चालनमा ल्याएको देखिएको छ’, अनुसन्धानमा संलग्न एक अधिकृत भने। ती अधिकृतका अनुसार ठमेल, पोखरा, बौद्धलगायतका स्थानमा व्यापार गरेर बसेका चिनियाँ त्यहाँ उपचार गराउँछन्।  

राजस्व अनुसन्धान विभागले साउन १४ गते होटेल भियनामा छापा मारी दाबा छिरिङलाई पक्राउ गरेको थियो। तर उनकी पत्नी अमला रोका भने फरार छिन्।

प्रकाशित: २० भाद्र २०८० ११:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App