१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बौद्धमा मनाइयो रोपाइँजात्रा

तस्बिर राजिव खत्री

वर्षभर बौद्ध क्षेत्रबाट दिवङ्गत भएकाको मोक्ष एवं शान्ति प्राप्तिको कामना गर्दै बौद्ध चैत्यमा रोपाइँजात्रा मनाइएको छ।

प्रत्येक वर्ष भाद्र कृष्ण द्वितीयाका दिन विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध क्षेत्रमा मनाइने ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्त्वको रोपाइँ जात्रा आज मनाइएको हो। बौद्धनाथ क्षेत्र विकास समितिको संयोजनमा बौद्धमा रहेका सङ्घ संस्थाले सक्रियरूपमा मनाउने सांस्कृतिक महत्त्वको रोपाइँजात्रा गाईजात्राको भोलिपल्ट पर्छ । बौद्ध चैत्य परिसरमा एक वर्षअघिदेखि दिवङ्गत भएका परिवारका  सदस्यलगायत जात्रा हेर्न आउने र विदेशी पर्यटकसमेतको उपस्थितिमा जात्रा मनाइएको हो।

मृतकका परिवारका सदस्य, स्थानीयवासी, हलो, बाउसे र रोपाहारका बीच रोपाइँ जात्रा गरिएको हो। जात्राको विधिअनुसार बौद्ध चैत्य एक पटक घुमाएर जात्रा सम्पन्न गरिएको छ। सांस्कृतिक झाँकीसहित बौद्ध–चुच्चेपाटी–चावहिल–महाङ्काल–तीनचुले–जोरपाटी हुँदै पुनःबौद्धमै आएर जात्रा सकिएको हो।

प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट रोपाइँजात्रा गरेपछि यस क्षेत्रबाट वर्षभर निधन भएकाले मोक्ष एवं शान्ति पाउँछन् भन्ने धार्मिक विश्वास छ। यसै विश्वासका आधारमा जात्राले निरन्तरता पाएको काठमाडौँ महानगरपालिका–६ का अध्यक्ष भुवन लामाले जानकारी दिए।

प्रकाशित: १५ भाद्र २०८० १५:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App