१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

शारुक आत्महत्या प्रकरणमा बल्ल बोलिन् नम्रता, भन्छिन्: मेरो मौनतालाई कमजोरी नठान्नु

अभिनेत्री नम्रता श्रेष्ठले शारुक ताम्राकार आत्महत्या प्रकरणलाई लिएर पहिलो पटक आफ्नो धारणा सार्वजनिक गर्दै घटनाबारे प्रष्टीकरण दिएकी छन् । शारुकको आत्महत्या प्रकरणमा आफ्नो आधिकारिक फेसबुकमा लामो स्टाटस लेख्दै पहिलोपटक नम्रताले आफ्नो भनाइ राखेकी हुन् ।  

उनले आफूले पहिल्यै नै बोल्न चाहेपनि परिवारको सुझाव र प्रहरीलाई अनुसन्धानमा बाधा नहोस् भनेर नबोलेको बताएकी छिन्। उनले आफूविरुद्ध एकतर्फी रुपमा मिडिया तथा व्यक्तिहरुबाट प्रहार गरिएको गुनासो गर्दै आफ्नो मौनतालाई कमजोरी नठान्न पनि आग्रह गरेकि छिन् । उनी पछिल्लो घटनाक्रमलाई आफ्नो परिवार र कानुनी टिमले नियालिरहेको पनि बताएकी छिन् ।

उनी लेख्छिन्, ‘हाल यो घटना पश्चात एकलौटी रुपमा विभिन्न मिडियामार्फत कपोकल्पित समाचारहरू लेख्न र लेखाउन केही अनलाइन मिडियाहरू, केही सिनेकर्मी र केही पदाधिकारीहरू पूर्वाग्रही हिसाबले लाग्नु भएको थियो, मेरो परिवार र हाम्रो कानुनी टीमले त्यस किसिमको हर्कतलाई नजिकबाट नियालिरहेका थियौं । एक जना महिला भएकै कारण यति धेरै सामाजिक आक्रमण भएको होला सायद, किनकी यो पुरुष प्रधान समाज हो । ठीकै छ । मेरो मौनतालाई कमजोरी नठान्न अपिल गर्दछु ।’

उनले शारुक एक सम्भावना बोकेको, सहयोगी र मिलनसार व्यक्तिका रुपमा चित्रण गर्दै घटनाले आफूलाई अचम्भित तुल्याएको पनि बताएकी छन् ।

शारुकको आत्महत्यापछि नम्रतासँग जोडेर विभिन्न खबर सार्वंजानिक भएका थिए । नम्रताले शारुकलाई मसानघाटमा कालो बोका पूजा गर्न लगाएको र बुटी बाध्न लगाएको लगायतका खबर बाहिर आएका थिए । पछिल्लो समय नम्रता र शारूक ‘ह्यासट्याग माया’ मा सँगै काम गरिरहेका थिए । शारूकको सम्झनामा ह्यासट्याग मायाको टिमले एउटा भिडियो पनि सार्वजानिक गरेको छ । तर त्यस भिडियोमा नम्रताको कुने सिन भने छैन ।  

यस्तो छ नम्रताको स्टाटसः

प्रकाशित: ११ भाद्र २०८० ०७:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App