१५ चैत्र २०८० बिहीबार
समाज

पत्रकार भण्डारीलाई 'अनावश्यक सोधपुछ' गरेकोप्रति महासंघको आपत्ति

काठमाडौं- पत्रकार छायाचन्द्र भण्डारीलाई समाचारको विषयलाई लिएर प्रहरीले 'अनावश्यक सोधपुछ' गरेकोमा नेपाल पत्रकार महासंघ काठमाडौंले आपत्ति व्यक्त गरेको छ। भण्डारीले चलाउँदै आएको अभियान टाइम्स साप्ताहिक तथा न्युज अभियान डटकमको अनामनगरस्थित कार्यालयमा केनद्रीय अनुसन्धान ब्युरोको कर्मचारी भन्दै सोमबार दिँउसो आएर भण्डारीलाई अनावश्यक तनाव दिएका थिए। 'समाचारको स्रोत माग्ने र मानसिक तनाव दिने कार्यप्रति पत्रकार महासंघ, काठमाडौं शाखा घोर आपत्ति प्रकट गर्दछ' महासंघद्वारा जारी विज्ञप्ति छ।

समाचार चित्त नबुझेमा नेपाल पत्रकार महासंघ तथा प्रेस काउन्सिलमा उजुरी दिने र त्यहाँबाट चित्त नबुझेमा कानुनी उपचारका लागि अदालत जाने बाटो खुला हुँदाहुँदै सादा पोशाकमा प्रहरी कार्यालयमा पठाउने, बल प्रयोगको प्रयास गर्ने र मानसिक यातना दिने कार्यप्रति महासंघ गम्भीर असहमत रहेको विज्ञप्तिमा उल्लेख छ। पत्रकार भण्डारी पत्रकार महासंघ काठमाडौंका केन्द्रीय पार्षद् हुन्।

समाचारको विषयलाई लिएर एकाएक कार्यलयमा प्रहरी आउनु,  अनावश्यक सोधपुछ गरी समाचारको प्रमाण माग्नु गैरकानुनी भएको अध्यक्ष शान्ताराम बिडारीले बताए। 'यस्ता कार्यहरु स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यता विपरीत भएकाले आइन्दा नदोहोर्‍याउन आग्रह गर्दै यस शाखा सरकार, गृहमन्त्री र सञ्चारमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छौं,' शाखा सचिव मोहनप्रसाद पन्तद्धारा जारी विज्ञप्तीमा उल्लेख छ।

भण्डारी अभियान टाइम्स साप्ताहिक र न्यूज अभियान डट कमका प्रधान सम्पादकसमेत हुन्।

 

प्रकाशित: २४ श्रावण २०७४ ०५:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App