२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

डाक्टरको एउटै नामले झुक्किएको सीआईबी

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को नक्कली डाक्कटरविरुद्धको अपरेसनमा सक्कली डाक्टर नै पक्राउ परेको खुलेको छ।

नक्कली शैक्षिक प्रमाण पत्र भएको भन्दै ब्यूरोले पक्राउ परेका पिपरा गाउँपालिका-८, महोत्तरीका रञ्जिनकुमार यादवलाई पक्राउ गरेको थियो।

तर यादव सक्कली डाक्टर रहेको खुलेको छ। नेपाल मेडिकल काउन्सिलका रजिस्टार डा। कृष्ण प्रसाद अधिकारीले नाम जुधेका कारण पक्राउ परेको हुन सक्ने बताए।

अधिकारीले भने, 'नाम उहाँहरुको एउटै रहेछ। पक्राउ पर्नुपर्ने डाक्टर जनकपुरको रहेछन्। अहिले पक्राउ परेका डाक्टर जनकपुर पढ्नुभएको रहेछ। त्यहिकार झुकिएर पक्राउ पर्नुभएको होला। सीआईबी हामीलाई पत्र पठाएको थियो। हामीले नाम एउटै परेको भनेर पत्र पठाइसकेका छौं। आज नै उहाँ छुट्नुहुन्छ होला।'

ब्युरोले नेपाली कांग्रेसका सांसद सुनिल शर्मा सहित ८ जनालाई नक्कली प्रमाणपत्र लिएको आरोपमा पक्राउ गरेको थियो । शर्मालाई जिल्ला अदालतले तारेखमा राखेर अनुसन्धान गर्न आदेश दिएपछि उनी रिहा भएका छन्। अरू ७ जना चिकित्सक सीआईबीको हिरासतमा छन्।

प्रकाशित: २८ श्रावण २०८० १२:१५ आइतबार

नेपाल मेडिकल काउन्सिल (सीआईबी