१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

शान्ति समाज काठमाडौंको २६औं साधारणसभा

मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाको २६औ वार्षिक साधारणसभा जिल्ला सभापति भगवान् पुडासैनीको सभापतित्वमा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ।

‘चुरे ध्वस्त पार्न पाइँदैन: मरभूमीकरण गर्ने नीति चाहिँदैन’ नाराका साथ सम्पन्न कार्यक्रमका प्रमुख अतिथिका रूपमा साहित्यकार यादव खरेलले सत्ता अपराधीहरूको कब्जामा रहेको अवस्था शान्ति समाजले राजनीतिक शुद्धता र भ्रष्टाचार अन्त्यका लागि आवाज उठाउन आग्रह गरे। जनयुद्ध दिवसलाई नेपाली जनताले अपनत्व ग्रहण गर्न नसक्ने बताउँदै उनले शान्ति समाजको आदेशको आफूले उच्च सम्मान गरेको बताए।

कार्यक्रममा शान्ति समाजका सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, पूर्व सभापति होमकान्त चौलागाईं, वरिष्ठ उपसभापति कृष्ण रावल, महासचिव रेनुका पौडेल, शिक्षाकर्मी महेन्द्र भट्टराई, सामाजिक अभियन्ता परशुराम पोखरेल, पत्रकार रघुनाथ लामिछाने, शान्ति समाजका केन्द्रीय सचिव रामप्रसाद जोशीसमेतले आफ्नो धारणा राखेका थिए।

जनयुद्ध दिवसलाई नेपाली जनताले अपनत्व ग्रहण गर्न नसक्ने बताउँदै उनले शान्ति समाजको आदेशको आफूले उच्च सम्मान गरेको बताए।

साथै समाजले आगामी २ वर्षका लागि १५ सदस्यीय नयाँ कार्यसमिति चयनसमेत गरेको छ। भगवान् पुडासैनीको सभापतित्वमा विकास थापा उपसभापति, सार्जन चापागाईं सचिव, रोजिना विष्ट सहसचिव, सानु लामा कोषाध्यक्ष तथा सदस्यहरूमा रविना धमला, रेखा बस्नेत, नरेन्द्र श्रेष्ठ, सुरज बोहरा, सुन्दरराज पुडासैनी, मणिराम दाहाल, बुद्धराज रिसाल निर्विरोध निर्वाचित भएका छन्। बाँकी ३ जना जिल्ला कार्यसमितिले मनोनीत गर्ने समाजले जनाएको छ।

प्रकाशित: १४ श्रावण २०८० ०४:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App