३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

सुन प्रकरणमा थप दुई जना पक्राउ

सुन प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। राजश्व अनुसन्धान विभागको टोलीले थप दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक पुष्कर भट्ट र एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठ हुन्। उनीहरुद्धारा सञ्चालित कार्गो कम्पनीबाट आएको  सुनसहित मोटरसाइकल र स्कुटरको ‘ब्रेक सु’ लाई राजश्व अनुसन्धान विभागको टोलीले  आज विहान पक्राउ गरेको हो । यी दुई जनासंगै सुन प्रकरणमा पक्राउ पर्नेको संख्या ९ पुगेको छ ।  

मं‌गलबार हङकङबाट क्याथे प्यासिफिक एयरको जहाजबाट आएको ब्रेक शुमा राखेर सुन तस्करी गरेको खुलेको हो। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार जाँच पास भएर निस्किएको सुन ट्याक्सीमा चढिसकेपछि विभागको टोलीले उनीहरूलाई पक्राउ गरेको हाे ।  

प्रकाशित: ४ श्रावण २०८० १५:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App