२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

अनाधिकृत रूपमा रासायनिक मल बेच्नेलाई दुई लाख जरिवाना

फाइल तस्बिर

रासायनिक मल अनाधिकृत रूपमा बेच्ने इलामका अर्का पसले पनि कारबाहीमा परेका छन्। जिल्ला प्रशासन कार्यालयले सूर्याेदय नगरपालिका ११ को भट्टराई कृषि व्यवसाय फार्मलाई २ लाख रुपैयाँ जरिवाना गराएको हो। 

फार्मले अनाधिकृत रूपमा बेच्दै गरेको ३२ बोरा मलसमेत नियन्त्रणमा लिइ सूर्याेदय नगरपालिकालाई बुझाइएको प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले अनुमति नै नलिइ अनाधिकृत रूपमा मल बिक्री भइरहेको पाएपछि अनुगमन तीव्र बनाइएको जानकारी दिए।

केही दिनअघि इलाम बजारका एक व्यवसायीले सहकारीमार्फत् अनुदानको मल ल्याएर बिक्री गर्न लागेको पाइएपछि २ लाख रुपैयाँ जरिमाना गरिएको थियो। यो पसलबाट ५२ बोरा मलसमेत जफत गरी इलाम नगरपालिकालाई जिम्मा लगाइएको थियो।

प्रकाशित: २४ असार २०८० १२:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App