३० पुस २०८२ बुधबार
image/svg+xml
समाज

घुससहित पक्राउ परेका वडाध्यक्ष र सचीवविरुद्ध मुद्दा दायर

७० हजार रुपैयाँ घुससहित पक्राउ परेका वडाध्यक्ष र सोही वडाका सचिवविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ।

शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको नगराइन नगरपालिका-२ का अध्यक्ष बुलन यादव र वडा सचिव अमृतनारायण मिश्रविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

वडाध्यक्ष यादव र सोही वडाका सचिव मिश्रले सडक निर्माण कार्य सम्पन्न सिफारिस गरे बापत सेवाग्राहीसँग घुस मागेको सूचना आधारमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबासबाट खटिएको टोलीले उनीहरूलाई सेवाग्राहीबाट लिएको ७० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको थियो।

घुस रकमसहित पक्राउ परेका उनीहरू विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायको समेत मागदाबी गर्दै मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

प्रकाशित: २२ असार २०८० ०९:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App