१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सार्वजनिक जग्गामा बनेका घर-टहरा भत्काउन सुरु

बराह क्षेत्रको सार्वजनिक जग्गामा निर्माण गरिएको घर–टहरा भत्काउँदै नगरपालिका।

सार्वजनिक जग्गा मिचेर बनाइएका घर–टहरा सुनसरी बराहक्षेत्र नगरपालिकाले भत्काउन थालेको छ।

सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घर–टहरा धमाधम भत्काउन सुरु गरिएको बराह क्षेत्र नगरपालिकाले जनाएको हो।

बराह क्षेत्र वडा नं. ५ स्थित कालाबञ्जार क्षेत्र भएर बग्ने हैंटा खोला अतिक्रमण गरेर बनेका संरचना डोजर प्रयोग गरी भत्काउने कार्य चलिरहेको छ। हालसम्म खोला अतिक्रमण गरी १६ फिट भित्र बनेका १२ वटाभन्दा बढी घर–टहरा भत्काइएको छ।

नगरपालिकाले वडा नं. ५ कै कालाबञ्जार चौकबाट रेडक्रस भवन हुँदै रागा चौकबाट खुनटोलसम्म खोला सफा गर्दै १६ फिट भित्रका संरचना भत्काउने योजना बनाएको नगर प्रमुख रमेश कार्कीले बताए।

बर्खायाम सुरु भएसँगै खोला १६ फिट मात्र कायम गरिएकोमा अब कार्त्तिकपछि खोलाको नक्साभित्र रहेका सम्पूर्ण संरचनाहरु हटाइने कार्कीले जानकारी दिए।

नगरपालिकाले वडा नं. ६ चक्रघट्टी बसपार्क क्षेत्र अतिक्रमण गरेर निर्माण भएका संरचना पनि हटाउन अभियान थालेको छ। नगरपालिकाले ३५ दिने सूचना जारी गर्दा पनि अटेर गरेपछि डोजर प्रयोग गरी सार्वजनिक जग्गा ओगटेर बनाएका संरचना भत्काइएको हो।

यसैबीच, बराहक्षेत्र वडा नं. ६ र ९ मा पर्ने श्रीलंका टापुमा रहेको ऐलानी जमिनको संरक्षण गर्न पनि नगरपालिका जुटेको छ। श्रीलंका टापुको जमिनलाई विद्यालय, मन्दिरलगायतका संस्थालाई उपभोग र संरक्षण गर्ने  योजना बनाइएको छ।

सप्तकोशी पूर्वी तटबन्ध प्रकाशपुरबाट कोशीको मुख्य भङ्गालो पार गरेर करिब ३ किलोमिटर पार गरेपछि श्रीलंका टापु आउँछ। पछिल्लो समय सुनसरीबाट उदयपुरको बेलका नगरपालिकाबाट पनि श्रीलंका टापु पुग्न सकिन्छ। पाँच दशक अघि कोशीका दुवै किनारामा तटबन्ध थिएनन्। कोशी पश्चिमबाट बग्थ्यो। त्यसबेला श्रीलंका टापु थिएन। अहिले कोशी पूर्वी र पश्चिम भँगालो भएर बग्न थालेपछि बिचमा टापु बन्न पुगेको हो।

प्रकाशित: १६ असार २०८० ११:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App