१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सर्प समातेर आफैंले घाँटीमा बेर्दा...

सर्प दंशका कारण झापामा एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका-२ पाराखोपी निवासी ३२ वर्षीय शम्भु राजवंशी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले बताए।

आइतबार राति घरको ढोकामा सर्प देखेपछि राजवंशीले सर्प समातेर आफैंले घाँटीमा बेरेकाे र सोही क्रममा उनलाई सर्पले डसेको बताइएको छ।

मदिरा सेवन गरेर नसा लागेको बेलामा उनले सर्प समातेका र सर्पलाई घाँटीमा बेरेपछि दुवै हातमा सर्पले डसेको थियो। सर्पको डसाइबाट सख्त भएका उनलाई राति नै चारआलीस्थित सर्प दंशउपचार केन्द्रमा लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रकाशित: ११ असार २०८० ०६:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App