११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

चन्दको अन्त्येष्टि

राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको धर्मपत्नी दिव्यश्वरी चन्दको अन्त्येष्टि गरिएको छ।

उनको पार्थीव शरीरलाई आज पशुपति आर्यघाटमा वैदिक परम्पराअनुसार अन्तिम संस्कार गरिएको हो। अन्त्येष्टिका क्रममा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले उनको पार्थीव शरीरमा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जलि दिएका थिए।

शुभेच्छुक तथा आफन्त सहभागी अन्त्येष्टिमा पार्टीका नेता पशुपतिशम्शेर जबरा, प्रकाशचन्द्र लोहनी पनि श्रद्धाञ्जलि दिन आर्यघाटमा पुगेका थिए। उच्च रक्तचाप, पक्षघातबाट पीडित चन्दको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा ८२ वर्षको उमेरमा आज बिहान निधन भएको हो।

उनको श्रीमान्, दुई छोरा र दुई छोरी छन। दिवङ्गत चन्द राप्रपा नेता तथा पूर्वमन्त्री जयन्त चन्दको माता हुन।

प्रकाशित: ८ असार २०८० १५:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App