२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भक्तपुरमा मौलिक शैलीमा घर बनाउनेलाई अनुदान

भक्तपुर नगरपालिकाले नगरभित्र मौलिक शैलीमा घर बनाउनेलाई अनुदान वितरण गरेको छ।

नगरपालिकाले नगरभित्र मौलिक शैलीमा घर बनाउने २१ जना घरधनीलाई बुधबार ६४ लाख ७२ हजार बराबरको अनुदान रकम वितरण गरेको हो।

मापदण्डअनुसार नियमित रुपमा भवन निर्माण गरी निर्माण सम्पन्न प्रमाणपत्र लिएका भनपा वडा नं. ३ का इन्द्रकाजी शिल्पकारलाई ७५१३७ रुपैयाँ वडा नं. ६ का हेलबहादुर दुवाललाई ४,२३,१९१ रुपैयाँ, वडा नं. ४ का उपेन्द्रभक्त तिमिला र ऋषि केशव भक्त तिमिला १,६८,७९५ रुपैयाँ, वडा नं. २ का सुरेशबहादुर कायष्ठ र सुर्वणकुमारी कायष्ठलाई ३,७८,५२७ रुपैयाँ, वडा नं. २ का सुजितबहादुर कायष्ठ र सुवर्णकुमारी कायष्ठलाई ३,३६,९६५ रुपैयाँ, वडा नं. ४ का रणबहादुर छुस्याकीलाई १,६२,७२२ रुपैयाँ, वडा नं. २ का राजेशचन्द्र प्रधानांगलाई २,८२,०७९ रुपैयाँ, वडा नं. ६ का कृष्णभक्त चाँगुभारीलाई  १,५०,६१९ रुपैयाँ प्रदान गरिएको छ।

त्यस्तै भनपा वडा नं. ७ का बलराम तचामोलाई १,०४,४८६ रुपैयाँ, वडा नं. ६ का अष्टमाया मुलगुठी २,७४,२९९ रुपैयाँ, वडा नं. ६ का अर्जुन नेपाललाई १,९४,३१९ रुपैयाँ, भनपा ४ का दिलिस खाइतुलाई २,४०,९३६ रुपैयाँ, वडा नं. १० का बलराम सहिकर्मीलाई २,९५,८३७ रुपैयाँ, वडा नं. ५ का मैयादेवी लोहलासमेतलाई ५,५५,३३४ रुपैयाँ, वडा नं. ५ का मोहनकेशरी सुवाललाई ७,१५,२२२ रुपैयाँ, वडा नं. २ का रीता दुवाललाई २,४२,६७४ रुपैयाँ, वडा नं. ५ का सतिशकुमार धौभडेललाई १,७७,२७३ रुपैयाँ, वडा नं. २ का कोशव लघु र लक्ष्मीकेशरी लघुलाई ८,४६,१४४ रुपैयाँ, वडा नं. ५ का विजुली सिबन्जारलाई ५,८२,८२३ रुपैयाँ, वडा नं. ९ का पूर्णनारायण ज्याख्वलाई १,५४,२७३ रुपैयाँ र वडा नं. २ का कृष्णराम दथेपुथेलाई  १,१०,७२६ रुपैयाँ गरी कूल ६४,७२,३९० रुपैयाँ अनुदानस्वरुप प्रदान गरिएको हो।

नगरभित्र परम्परागत स्वरुपमा घर बनाएकाहरुलाई अगाडिको मोहडामा लागेको खर्चको ३५ प्रतिशत अनुदान दिने भक्तपुर नगरपालिकाको नीति अनुसार काठ, इँटा र झिंगटी बापतको अनुदान स्वरुप रकम प्रदान गरिएको हो।  

नगरपालिकाको चौधौं नगरसभामा यो रकम वितरण गरेको हो। कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाको आ.व. २०८०।८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।  

प्रकाशित: ६ असार २०८० १३:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App