१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

सडक दुर्घटना: सातामा पाँच जनाको मृत्यु

रास्कोट–२ सेराचौरमा जिप दुर्घटना भएको तीन दिन नबित्दै शनिबार राति ११ बजे शुभकालिका ६ हाउडीमा अर्को दुर्घटना भयो। दुवै दुर्घटनामा ५ जनाले ज्यान गुमाए भने एक जनाको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।

बिहीबार बिहान रास्कोटबाट मान्म आउने क्रममा बोलेरो जिपमा यात्रु चढाएर गाडी स्टार्ट भएकै अवस्थामा चालक बाहिर निस्किँदा गाडी पछाडि गुडेर दुर्घटनामा परेको थियो। दुर्घटनामा ज्यान गुमाएका मनबहादुर शाहीका जेठा छोरा पारस भने अप्ठेरो सडकमा ड्राइभरले लापरबाही गरेकाले दुर्घटना भएको बताउँछन्।

रास्कोट–२ सेराचौरमा जिप दुर्घटना भएको तीन दिन नबित्दै शनिबार राति ११ बजे शुभकालिका ६ हाउडीमा अर्को दुर्घटना भयो। दुवै दुर्घटनामा ५ जनाले ज्यान गुमाए भने एक जनाको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।

शनिबार राति सुर्खेतबाट शुभकालिका आएको जिप हाउडी गाउँको पारिपट्टि चिसापानी भीरमा अनियन्त्रित भई खोलामा खस्दा शुभकालिका–२ भर्ताका चालक हर्के कामी, स्थानीय रामबहादुर शाही र सडक काट्ने डोजर चालक गोपाल सलामी मगरको घटनास्थलमै मृत्यु भएको थियो। कच्ची र साँघुरो सडकमा राति ११ बजे गाडी चलाउँदा दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख डिएसपी जयश्वर रिमालले बताए।

‘कालीकोटको भूगोल नै अप्ठेरो छ। त्यसमा पनि डोजर चालक आफैं इन्जिनियर बनेर खनेका सडकमा गाडी दुर्घटनाको जोखिम बढी छ,’ डिएसपी रिमालले भने। कालिकोटको बिच भागबाट खनिएको कर्णाली राजमार्ग सुर्खेत जुम्ला सडक र कर्णाली नदीको तिरैतिर खनिएको कर्णाली करिडोर पनि साँघुरो र अप्ठेरो भएकाले दुर्घटना हुने गरेको उनी बताउँछन्।

वातावरणीय प्रभाव मूल्यांकन बिना नै गाउँगाउँमा डोजर चालाइँदा ग्रामीण सडकले बढी जोखिम निम्त्याएको स्थाीयको भनाइ छ। रातिको समयमा सवारी नचलाउने जिल्ला प्रशासनको निर्णय भए पनि अवमूल्यन गरी राति गाडी चलाउँदा शुभकालिकामा दुर्घटना भएको प्रशासन कार्यालयले जनाएको छ।

एक साताभित्र दुईवटा सडक दुर्घटना भएको सुनाउँदै जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुवराज बमले दुर्घटना न्यूनीकरण गर्न स्थानीय सरकार, प्रहरी प्रशासन र सवारीधनीको पनि भूमिका रहने बताए। जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार ३ वर्षमा ७८ वटा सडक दुर्घटनामा ३० जनाले ज्यान गुमाएका छन् भने १ सय ३३ जना घाइते भएका छन्। र तीमध्ये अधिकांश जिप दुर्घटना नै थिए। ७८ वटा दुर्घटनामध्ये २७ वटा जिप दुर्घटना परेको तथ्यांक छ।

वातावरणीय प्रभाव मूल्यांकन बिना नै गाउँगाउँमा डोजर चालाइँदा ग्रामीण सडकले बढी जोखिम निम्त्याएको स्थाीयको भनाइ छ।

आर्थिक वर्ष २०७७÷७८ मा १७ वटा २०७८/७९ मा २५ र २०७९/८० मा ३६ सवारी दुर्घटना भए। पहिलेभन्दा दुर्घटना र मानवीय क्षति पनि बढ्दै गएकाले सडकको स्तरोन्नति, ट्राफिक नियमको  कुरामा ध्यान दिनुपर्ने प्रहरी निरीक्षक बम बताउँछन्। उनका अनुसार कालिकोट खण्डमा मात्रै ३ वर्षमा १७ वटा ट्रक, ९ वटा बस र मिनी बस, २७ जिप, भ्यान, ६ ट्याक्टर, ११ मोटरसाइकल, ७ अटो रिक्सा, १ जेसिबी दुर्घटनामा परेका छन्।

प्रकाशित: ३२ जेष्ठ २०८० ०१:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App