नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुलीमा सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ।
बिहीबार साँझ देवचुली नगरपालिका–१४ देवचुली चोकस्थित पूर्वपश्चिम राजमार्गमा स्कार्पियोको ठक्करबाट गम्भीर घाइते स्थानीय ४२ वर्षीया जया अर्यालको उपचारका क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार कावासोतीबाट दलदलेतर्फ आइरहेको बा१६च ४७४० नम्बरको स्कार्पियोले ठक्कर दिँदा आर्याल गम्भीर घाइते भएकी थिइन्।
उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकामा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। दुर्घटनामा संलग्न स्कार्पियो र चालक खोजतलासका क्रममा गैँडाकोट क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। रासस
प्रकाशित: २ माघ २०८२ ०७:२२ शुक्रबार



-600x400.jpg)

