१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

बहुजन पार्टीका वरिष्ठ नेता पासवान कांग्रेसमा प्रवेश

बहुजन एकता पार्टीका वरिष्ठ नेता राजाराम पासवान नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । पासवानसहित सयौँको सङ्ख्यामा कांग्रेसमा प्रवेश गरेका हुन् ।

पासवानसहितका नेता-कार्यकर्तालाई कांग्रेस सभापति गगनकुमार थापाले पार्टीमा स्वागत गरे । सर्लाही ४ को धनकोल गाउँपालिकामा भएको विशेष कार्यक्रममा पासवानसहितका नेता नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।  

चुनावको केही दिनअघिमात्र पासवान युवाहरुलाई लिएर कांग्रेस छिरेका हुन् । उक्त क्षेत्रमा सभापति थापा नै उम्मेदवार हुन् ।

प्रकाशित: १८ फाल्गुन २०८२ १७:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App