फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतपेटिका तथा अन्य निर्वाचन सामग्री बोकेर जाँदै गरेको कर्मचारी र सुरक्षाकर्मी सवार गाडी रामेछापमा दुर्घटना भएको छ।
जिल्ला प्रहरी कार्यालय, रामेछापका अनुसार मन्थलीबाट रामेछाप नगरपालिका–२ र ३ का बुथका लागि सामग्री लिएर गएको गाडी देउराली सिरुबारीको भिरमा खसेको प्रारम्भिक सूचना प्राप्त भएको हो।
दुर्घटनामा परेको गाडीमा मतदान अधिकृत, अन्य निर्वाचन कर्मचारी तथा नेपाल प्रहरी का असई सहितको सुरक्षाकर्मी टोली सवार रहेको बताइएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।
प्रकाशित: १८ फाल्गुन २०८२ १७:०७ सोमबार





