२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

काकाकुल धरानमा पानी पुर्याउँदा खुसीले रोए हर्क साम्पाङ

तस्बिर: राेहित राइ /नागरिक

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको अथक प्रयास र मेहनतमा धरानमा कोकाहा नदिको पानी पुगेको छ।

सोमबार राति पानी धरान पुर्याएका साम्पाङले स्थानीयलाई सो पानीले नुहाउने कार्यक्रममा सहभागी हुन अनुरोध समेत गरेका छन्। उनले सामाजिक संजालमार्फत धरान २० को माया धराने साबुन फ्याक्ट्री निर्माण स्थल छेऊ पकुवा खोलामा आउन अनुरोध गरेका छन्।  

लामो प्रयासपछि कोकाहा नदिको पानी धरान आइपुगेको हो। पानी धरान पुग्दा मेयर साम्पाङ भने भावुक देखिए। उनी खुसीले आँशु झार्दै पाइपको पानी छुन पुगेको भिडियो सामाजिक संजालमा देख्न सकिन्छ।  

प्रकाशित: ३० जेष्ठ २०८० ०३:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App