२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

नक्कली भुटानी शरणार्थी प्रकरणमा सम्लग्नको बयान सकियो ,आइतबारदेखि थुनछेक बहस शुरु

क्याप्शन

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनि ठगी गरेको प्रकरणमा  प्रकाऊ परेका १८ प्रतिवादीको बयान आजबाट सकिएको छ।

आज पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल र हरिभक्त महर्जनको बयान लिइएपछि  १८ प्रतिवादीकै  बयान सकिएको हो ।

 ३० जना प्रतिवादी भएको यो मुद्दामा १८ प्रतिवादीको बयान सकिएको र अब आइतबारदेखि थुनछेक बहस सुरू हुने जिल्ला अदालत काठमाडौंले जनाएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले नेकपा एमाले सांसद टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनका पिए नरेन्द्र केसी, सुरक्षाविज्ञ इन्द्रजित राई, पूर्वसभासद आङटावा शेर्पा, केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राई, शरणार्थी नेता टेकनाथ रिजाल, हज समिति अध्यक्ष शमशेर मियाँ, पूर्वगृहसचिव टेकनारायण पाण्डे, रामशरण केसी, गोविन्दकुमार चौधरी र लक्ष्मी महर्जनलाई पक्राउ गरेर बयान लिएको हो । 

प्रकाशित: १९ जेष्ठ २०८० १४:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App