३ असार २०८१ सोमबार
image/svg+xml
समाज

बेरुजु लेखापरीक्षकले निकाल्ने काम हो भन्ने रुपमा मात्रै हेर्न थालियोः महालेखापरीक्षक शर्मा

महालेखापरीक्षक टंकमणि शर्मा दंगालले बेरुजु लेखापरीक्षकले निकाल्ने काम हो भन्ने रुपमा मात्रै लिन थालिएको बताएका छन्।

आइतबार बसेको लेखा समितिको बैठकमा बोल्दै महालेखापरीक्षक शर्माले पछिल्लो समय कुनैपनि निकायले बेरुजु फस्र्यौट गर्नुपर्छ भन्ने भन्दा पनि लेखापरीक्षकको काम भएको भन्ने रुपमा लिन लागिएको भन्दै गुनासो गरेका हुन्।  

उनले लेखापरीक्षकको कार्यालयले देखाएको बेरुजुका विषयमा आगामी दिनमा बेरुजु हुन नदिने भन्दा पनि बेरुजु फस्र्यौटको विषयलाई प्राथमिकतामा लिन छोडिएको बताए। उनले बेरुजु फस्र्यौटको वैज्ञानिक उपाय एक वर्षमा उठेको बेरुजु त्यही वर्षमा खर्च गर्नु रहेको बताए। उनले एकै वर्षमा फस्र्यौट नभए पनि अर्को वर्ष लेखापरीक्षण गर्दा खर्च भएको हुनुपर्ने बताए।

महालेखापरीक्षक शर्माले जनप्रतिनिधिहरुलाई बद्नाम गर्ने गरी बेरुजु देखाउन लेखापरीक्षकहरुलाई नैतिक,वैधाननिक र व्यवहारिक रुपमा पनि नदिने बताए। उनले लेखापरीक्षकहरुले अहिलेसम्म त्यस्तो काम नगरेको बताए। उनले जिम्मेवार व्यक्तिले मेरो लेखापरीक्षकले यस्तो ग¥यो भनेर राजनीतिक तहले बढवा दिने भन्दा पनि त्यस्तो कामको निषेध गर्न आवश्यक रहेको बताए।

उनले भने,‘जनताको जनमतबाट निर्वाचित भएर आएका जनप्रतिनिधिहरु बद्मास हुन्छन् भनेर लेखापरीक्षकले पछाडि दिमागमा राख्ने काम गर्दैन। नैतिक,वैधाननिक र व्यवहारिक रुपमा नहुनुपर्ने हो। स्थानीय तहमा गएर मेरो लेखापरीक्षकले यस्तो ग¥यो भनेर राजनीतिक तहले बढवा दिनु हुनुहुँदैन। त्यो निषेध गर्ने हो। त्यस्तो छ भने सम्बन्धित स्थानमा भन्नुपर्छ। बेरुजु फस्र्यौटको वैज्ञानिक उपाए भनेको मुलुकको कानून अनुसार एक वर्षमा उठेको बेरुजु त्यही वर्षमा खर्च गर्नुपर्छ भनेको छ। होइन भने अर्को वर्ष परीक्षण गर्दा खर्च भएको हुनुपर्छ। बेरुजु फस्र्यौट गर्ने विषय प्राथमिकता पर्दैन। अहिले बेरुजु भनेको अडिटरले निकाल्ने काम मात्रै हो। भनेको जस्तो भएको छ। राजनीतिक नियुक्तका विषयमा तुलना गरौं। बेरुजु बढी राख्ने,अनियमितता गर्ने र आर्थिक हिनामिना गर्नेहरुलाई कारबाही गरौं। सबैभन्दा बढी सार्वजनिक निकायहरुमा राजनीतिक नियुक्त हुने गरेको छ। त्यस्तोमा नियुक्त गर्दा विगतका कार्यसम्पादनको आधारमा नियुक्त गर्नुपर्छ।’

प्रकाशित: ७ जेष्ठ २०८० ०८:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App